Spoken Word in Dang

Prama Chaudhary reading out her poem on the final day of the workshop

Prama Chaudhary reading her poem on the final day of the workshop
Photo Credit: Bittu Maharjan

As a part of a week-long community program at Shree Baal Janata Higher Secondary School, the Word Warriors facilitated a four-days-long spoken word poetry workshop for some high-school-level students and teachers from different schools in Lamahi, Dang. The trip was organized by the US Embassy’s Book Bus and Srijanalaya’s Shikshya Foundation supported “Art Works! Sangai Khelau” program and engaged students and teachers from the region through a variety of workshops of art education and creative pedagogy.

The first two days of the workshop focused on familiarizing the participants of the workshop with writing a spoken word poem through different games and writing prompts. On the third day, we discussed the tips and tricks of performing a poem on stage. The fourth day of the workshop was the final exhibition day, where some of the participants Bal Govinda Chaudhary, Prama Chaudhary, Kalpana Gautam, and Guru Prasad Kumal shared the poems they had written during the workshop.

Below are some of the poems the participants wrote during the workshop and performed on the final day:

 

बिसे र घासीको बिलौना

                                        -गुरुप्रसाद कुमाल ‘बुलबुल’

तिम्रो आँखा भएर क गर्नु

पृथ्वीनारायणलाई मात्र बडामहाराज देख्यौ

बिसे नगर्चीलाई देखेनौ।

कलम,

तिम्रो हातमा भएर क गर्नु

भानुभक्तलाई मात्र महान देख्यौ

घांसीलै चिनेनौ।

बस तिमीले त यति देख्यौ

तिम्रो पाउको जुत्ता सिइरहने बिसेहरु

अनि देख्यौ

तिम्रो गोठको बस्तुभाउ पाल्ने घासिहरु।

तिमीले नदेखे पनि

तिमिले नचिने पनि

अब युग फेरिएको छ

बलिघेर चल्दैन अब

तिन पाथी धान र मकैमा।

नआउनु बालाई फकाउन मेरा घरमा

नआउनु माघीमा ठर्रा लिएर

म  बस्दिन कसैको गोठालो बनेर

म बस्दिन तिम्रो घरमा घांसी बनेर

अनि सिउदैन कसैको जुत्ता बिसे बनेर

किनकि बिसे र घांसीको इतिहास लेखिन्न।

 

मलाई मनपर्ने ठाउँ (टिकापुर पार्क)

                                                        –लक्ष्मी थारु

म एउटा सानी नानी हुँ।

मलाई मन पर्ने सानो ठाउँ टिकापुर पार्क हो।

त्यो एउटा सानो ठाउमा विभिन्न प्रकारका फुलहरु रोपिएको छI

त्यो ठाउँ मलाई असाध्यै मन पर्छ।

यहाँ ति फुलहरु ढकमक्क फुलेर,

त्यो ठाउको सौन्दर्य बढाएका छन्।

त्यो ठाउमा गएर म फूलहरुको बास्नासंग मनमोहन

गरी आफ्नो दुखहरु व्यक्त गर्छु।

त्यहाँ भएका विभिन्न फूलहरुको बस्नासंगै फुलको

रसहरु चुस्न नौरंगी पुतलीहरु आउछन्।

म पुतलीहरुलाई देखेर आफ्नो मन मिल्ने साथीसंग खेलिरहेको जस्तो लाग्छ।

त्यहाँ नजिकै भएको कर्णाली नदि सुसाउदै बगिरहदा त म सानोमा आमाले गीत गाउदै सुताइरहेको जस्तो लाग्छ।

त्यहाँको पानी स्पर्स गर्दा त मनलाई आमाले छोएको जस्तै लाग्छ।

पार्क नजिकै रहेको कर्णाली नदीमा डुंगा चद्दा त झनै पिंग खेलेको जस्तै आनन्द लाग्छ।

पार्कको नजिकमा रहेको एउटा ठुलो केरा बारी छ।

त्यस ठाउमा बनेको विभिन्न थरिको खानेकुराहरु खाने गर्दछु।

तर पनि आमाले घरमा बनाएको आलुको तरकारी याद आउछ।

घरको जति पनि याद आए तापनि आफ्नो मन पर्ने ठाउमा गएको बेला चाही म सबै दुख पिडा बिर्सन्छु।

अनि हरियो बनजंगलबाट चिसो हावा आउछ।

विभिन्न किसिमका चराचुरुंगीको आवाज चिरबिर-चिरबिर गरेको सुन्दा त मन रमाइलो लाग्छ।

 

किताब

            –अरुणा चौधरी

प्रिय अरुणा,

तिमीले मलाई कत्ति माया गरेर आफ्नो काखमा बोकेर स्कुल ल्याउछौ।

प्रत्येक दिन सबै मेरा मित्रहरु देखेर खुसि हुन्छन्।

मलाई केहि पिडा हुन्छ कि भनेर टेबल माथि सजाएर राख्छौ।

त्येसैले मलाई तिम्रो सारै माया ममता स्नेह जागेर आउछ।

तिमिसंग सधै तासिएर मात्र रहन मन लाग्छ।

तिमि सधै दिनमा स्कुल र राति आफ्नो कोठामा मलाई चलाइमन राखी रहन्छौ।

तिम्रो र मेरो साथीको सम्बन्ध चखेवाको जोडी जस्तो रहेको छ।

तिम्रो,

किताब

 

कविताको कार्यशाला 

                                   -कल्पना गौतम

सिर्जना गर्छु कहिले मौका अनि देहरी बनेर

किताबले सजिएको सिर्जनाले भरिएको बुक बुस टक्क अडिन्छ।

चिटिक्क परेका नानीहरुका सुमधुर स्वरले सच्चाई सिंगो स्वर्गलाई गिज्याइरहेको बिम्ब देखिन्छ।

अमिलो पिरो अचारको स्वादसँगै सिप बोक्न खोज्छु,

टुमलेटको पानीको चुस्कीसँगै कलाले चट्ट लटा फिजाइरहेको देख्छु।

मुटु भरि माया र ओठभरि हासो अनि पोल्टाभरि सीप र आत्मभरि विश्वास भिरेर

चंगा जस्तै उडीरहनछु, मयुरका प्वाँख फिजाएर अतितका सुख स्मृतिले लोलाई दिंदा

बसन्तका नयाँ पालुवाले बोलाई रहने छन्।

सिक्ने सिकाउने कला पवित्र घाम जस्तै छ,

जहाँ हजारौ सर्जकहरु नेपाली संस्कृतिको अर्चना गर्छन्।

अघिसम्म हत्केलाका औला जस्तै सन्ततिहरु केहीबेरपछि माटाको हाँडीमा भुटेको मकैको लावा जस्तै यत्रतत्र छरिने छन्।

तिनै दिनको स्मरणको स्पर्स यहाँ गरिएको छ,

समापनमा सिपको रहस्यले भरिएको अगरबत्ति बलेको छ।

त्येसैले त कल्पनामा डुबेकी छु, बिदैको निर्णयमा पुगेकी छु।

 

मेरो प्यारो जन्मभूमि

                                 -प्रमा चौधरी

चंचल निरन्तर बगिरहने ति खोला

सम्झिदा मनै हरर

अहिले कस्तो भयो होला

प्राणभन्दा पनि प्यारो लाग्छ

मलाई मेरो जन्मभूमि

मेरो प्यारो जन्मभूमि

तिम्रै सम्झना गर्छु मा मनभरि

तिम्रै आचल ओधी रहन पाउॅ सधैभरि

कति पवित्र छ मेरो जन्मभूमि

अति प्यारो लाग्छ मेरो जन्मभूमि

 

आज मेरो मालिक छैन

                                     -बाल गोविन्द चौधरी

म आज,

सार्है खुशी छु,

किनकी आज मेरो मालिक

कोठामा छैनI

म मस्तले

सेतो टन्न ओढेर

निदाउन चाहन्छु अनि

मिठो सपना देख्न चाहन्छु

कठै!

मेरा अंग-अंग कति थकित!

बिचरा स्पिकर,

बोलेको बोलै

नाना थरिका ड्राइभले घोचेर

ऐया!

यो सि.पि.यु दुख्ने नै भैसक्यो

प्रिन्ट गर्दागर्दा,

दिमाग नै तात्तिन्छ

बिचारा माउस!

क्लिक क्लिक गर्दै

एक पल पनि

बिसाउनु छैन

औलाले थिचिदा- थिचिदा

यी मेरा किहरु दुख्ने नै भैसके

मेरो प्यारो भि.डी.यु.

थचक्क बसेर सुस्केरा हाल्दै छ

अनि मल्टी प्लग

डढेर कालो भैसी भैसक्योI

उता यु.पि.स. ले यत्रो पावर

कति दिन थामु भन्छ

चारखुट्टे टेबल पनि

कति गरुङ्गो भनि

गुनासो गर्छ

उफ!

सम्झिदा दुख लागेर आउछ

तर,

म आज खुसि छु

किन कि आज

मेरो मालिक छैन

 

 

Contact Information

content-img

Contact us for any further information or support

Word warriors

Address: Quixote's Cove, Ekantakuna, Lalitpur

Phone: +977-01-5536974

Email: wordwarriorsnepal@gmail.com

our Partners