Poetry Shade

IMG_7639

 

In early April, we held a three-day workshop (on 10th,11th & 18th) for our participants for Write to Speak (WTS) in Kathmandu. This was the second of the three intensive workshops. This workshop in particular was geared towards helping participants use more specific performance skills such as emoting and being comfortable with one’s own body and poetry, while performing it. On the last day of the workshop, there was a sharing session where participants shared something they had written with the whole group. We called this session the ‘Poetry Shade’. We were filled with joy and pride to see our participants experiment with similes and metaphors to express themselves and to come up front and share their work.

Take a look at these poems by three of our participants!

IMG_7886

मेरो इनार भित्र खसेको कतिथ
-निशा

अँध्यारो कोठामा थिए म, कहिले आँखाबाट खोला बगेर मुखमा आयो, थाहा नै भएन। (रुँदा, रुँदा मेरो आँखा गोलभेंडा जस्तो र मेरो नाक गुलाफ जस्तो भइसक्यो। ) मेरो त जिन्दगी नै उजाड भूमि भैसकेको थियो। त्यहाँ न त भुइँमा कार्पेट नै थयो न त ओड्नलाई ब्लान्केट नै थियो। मेरा औंलाहरु सुन्नेर मोटाएको जस्तै देखिन थाल्यो, मेरा खुट्टाहरु त झन् निलो आकाश भइसकेका थिए। मलाई  आफ्नो पुतली जस्तो सुन्दर भविष्य नहोला भन्ने चिन्ताले खान थाल्यो अनि म रोएँ।  कहिले डाक छाडेर रुँन्थ्ये त कहिले पिल-पिल आँशु मात्र झार्थें र कहिले एउटा कुनामा गएर साँक-साँक  र सूंक-सूंक गरेर रुन्थें। रुँदा, रुँदा मेरो आँखा गोलभेंडा जस्तो र मेरो नाक गुलाफ जस्तो भइसकेको थियो। तब कोहि मेरो उजाड भूमि जस्तो जीवनमा फूल रोप्छ र मलाई एउटा स्वर्गमा आफ्नो उज्ज्वल भविष्यको अगाडी बढ्ने मौका दिन्छ। मैले आफ्नो लक्ष्य त पाएँ तर अझ पनि म अधुरो छु किनकि म सँग मेरा अतीतहरु छैनन्। कसैले मेरो अतीतलाई एउटा यस्तो गहिरो इनारमा खसाइदियो कि कसैले पनि त्यसलाई फेरी पानी ताने जसरी तान्न सक्दैन।

कहिलेकाहिँ सपनामा त्यो इनारले भन्छ “आउ निशा, म तिम्रै अतीत हूँ, मलाई राम्रोसँग चिन, मेरो असली ठाउँ यहाँ होइन तिम्रो दिमागमा हो।  अनि मा अफसोस हुँदै भन्छु मा पनि तिमीलाई याद गर्न चाहन्छु तर मा यहाँ बसेको आठ वर्ष भइसक्यो। अनि म यहाँ जहिले पनि हूलमा बस्छु, त्यही भएर तिमी लाइ याद गर्ने time नै हुँदैन।

बेरोजगार
-अमर गुरुङ

त्यो खुल्ला आकाशमा दिनभरको थकानलाई  बिसाउन म व्यस्त छु,
बेरोजगारको पाना पल्ट़ाउनमा म व्यस्त छु
मिल्दैन केहि, सुख हुदैन त्यहाँ, जहाँ  कर्म बिनाको फल छ
कति धाउँ ती अफिसहरू जहाँ निराश्यताको बादल छ

आकाश ग़डकिन्छ र पानीको बर्सातको  अनि माटोको सुगन्ध र त्यस माथि मेरो एक गर्दै दुइ कदमको सुरुवात हुन्छ,
तब ति १० वर्ष अघिको बाल्यकालको मनग्य यादले मेरो पाइला रोकिन्छ
ति सँगैको साथीको आज घर, गाडी र उच्च जीवनको छाँया देख्छु,
तर फेरी आफैँलाई हेर्दा बेरोजगार पाउँछु
जुन हातमा bio-data र certificate लिई कामको भौंतारी गर्छु
शायद लक्ष्मीको युगमा म सरस्वतीको भक्त बन्न खोजेछु
टेबुल मुनिबाट लक्ष्मीको दर्शन गराएनछु
शायद त्यसले गर्दा नै म बेरोजगार छु

तर अफसोस छैन मलाई छैन
कुनै दुष्ट साथ र बाटो लिने छैन
किनकी म भित्रको बाल्यकालले सराप्ने छ मलाई

IMG_7894

 

IMG_7890

जिन्दगी
-कमल

दु:खै-दु:ख मात्र सहेर बाँचेपछि
सुख अनौठो लाग्दो रहेछ जिन्दगी
आँशुमा मात्र डुबिरहेपछि
हाँसो पराई मान्दो रहेछ जिन्दगी

कसैको सहर नपाएपछि
अप्ठ्यारो लाग्दो रहेछ जिन्दगी
बेदनाले प्रसिद्ध भएपछि
संसार अँध्यारो देख्दो रहेछ

वनको हरियालीमा आगो लागेपछि
मरुभूमि जस्तो हुँदो रहेछ जिन्दगी
आफ्नो भनि पराय, पराय भइदिएपछि
निराश बनि दिँदो रहेछ  जिन्दगी
आफन्तहरुबाट टाढा भएपछि
बिरानो हुँदो रहेछ जिन्दगी

कसैको मायामा बाँधिन गएपछि
सुन्दर बनि दिँदो रहेछ जिन्दगी
कसैले धोका दिएपछि
आफैँ आफैँ उड्दो रहेछ जिन्दगी

 

Contact Information

content-img

Contact us for any further information or support

Word warriors

Address: Quixote's Cove, Ekantakuna, Lalitpur

Phone: +977-01-5536974

Email: wordwarriorsnepal@gmail.com

our Partners