धराने धुन

Nirajan at the public performance in Big Food Cafe, Dharan Photo credit: We Dharane

बिहान ६ बजे कोटेश्वरबाट हिडेको माइक्रोबससंगै काठमाडौँको धुवा धुलो बाट टाढिदैथ्यौ हामी । धुलिखेलमा नास्ता खान रोकीए’सी हाम्रो गाडी बी. पी. राजमार्गको बाटोमा बढ्दैथ्यो । बाटोको दृश्य नियाल्दै मक्ख पर्दै थीए म । सिन्धुली पुग्दै गर्दा निश्चल दाई मलाई महाभारत र चुरे शृंखलाको कुरा अनी भित्री मधेसको भूगोल बुझाउदै हुनुहुन्थ्यो । हाम्रो गाडी अघी बढ्दै गर्दा बाहिरको भूगोल संगै हावा पनी फेरिदै थ्यो । सिन्धुली पुग्दा सम्मको चिसो बतास बिस्तारै तातिदै थ्यो अनी उकाली ओराली हराउदै जादै थे र सालको जंगल बढ्दैथ्यो। पहाडमा साना बढ्दै गरेका मकैका बोट तराई पुग्दा सम्म धान सुत्ला लागेका कतै पाकी सकेका थीए । पहाडी घुम्तिलाई छोडेर हाम्रो गाडी सम्म तराई छिरेथ्यो । आँखाले भ्याए सम्मको सम्म जमिन ; बाटोका दायाँबायाँका साना झुपडी जस्ता घर हरु ; फलफुल बगैचा ; कतै सूर्यमुखी फुलै फूलले ढाकेको खेत त कतै मकै घारी अनी कतै खेतै भरी चरनमा छाडीएका गाई बस्तु ; अनी भैसीमाथी चढेर गाईबस्तु हेर्दै गरेको सानो केटा ; पहिलोपटक पटक तराई टेकेको र देखेको म निकै पुलकित हुदै थे । स्कुल जादै गरेका केटाकेटी ; सामान बोकेर कतै जादै गरेका अधबैसे आइमाई , अफिस जादै गरे झैँ देखिने प्रौढ देखी साना तिना ब्यापारी सबैमा एक चिज समान थीयो- “बुढो साइकल” । सडकमा गाडी भन्दा धेरै बुढो साइकल देखिन्थे । समिप दाईको कविता “मेरो तराई सम्झना“ मा साइकलको प्रसङ्ग किन आको बल्ल बुझ्दै थे म अनी जनकपुरमा जस्तै त्यहाँ पनी मान्छे फुर्ती लगाउदैनथे।साचै तराईको जीवनको अभिन्न अंग झैँ लाग्यो साइकल । अझ सप्तरीको बर्मुझियाको गाउको बाटोको दायाँबायाँ बाजेको नाम जोडिएका पेडा पसल ; कुनै बेला एक जना बुडा बाजेले पेडा पसल खोलेका थे रे अनी यात्रुहरु त्यहीबाट पेडा किन्थे रे । अहीले त “पुरानो बाजेको पेडा पसल “ असली बाजेको पेडा पसल” इत्यादी नामको एकै गाउमा ५० भन्दा बढी पेडा पसल रैछन । कुन चै असली बाजेको अनी कुन चै नक्कली बाजेको खुट्याउनै नसकिने ।

करिब ११ घन्टाको माइक्रोबसको यात्रा पछि धरानको बरगाछी पुगेर हाम्रो यात्रा रोकियो । काठमान्डूको भन्दा राम्रा सफा सडक ; हत्तपत्त फोहोर देख्नै गाह्रो । अनी सडकभर गुडेको सफारी र टुकटुकको सवारी । कुनै अनौठो सहरको सफर झैँ लाग्दैथ्यो । होटलमा फ्रेश भएर एकछिन आराम गरेसी; खाजा खान निस्कियौ हामी । बिग फुड क्याफेको चिकेन म:म साच्चै बिग नै थीयो । आकारमा काठमाडौको म:म भन्दा ३ गुणा ठुला थीयो म:म को डल्ला ; एक प्लेटमा ५ वटा म:म अनी पुरै पेट टम्म ।

पेट टम्म भएसी चोकै चोकको सहर धरानको मुख्य चोक भानु चोक घुम्न निस्कियौ हामी । सडकको बिचमा भानुभक्तको अर्धकदको प्रतिमा ;अनी शालिकको दायाँ पट्टि बढेमाको एक जोडी बर र पिपलको रुख । एक आपसका हाँगाहरु अल्झीएका ती रुख देख्दा लाग्थ्यो सहरको भिडभाडलाई बेवास्ता गर्दै आलिंगनमा डुबेका प्रेमी जोडी हुन् ती । सीरसीर हावासंगै ती रुख जिस्किदै चल्दा ; आधा ज्यानमा ठिन्ग्रिङ्ग उभीएका बिचरा भानु भित्र भित्रै कती जल्दा हुन ।आवोर- आवोरमा घन्टी बज्ने क्लक टावरको टुप्पोको रेलिंगमा लेखीएका सयौ जोडीका नाम देख्दा नोस्टाल्जिक हुदै आफ्नै टीनएज प्रेम याद गर्दै थीए म। क्लक टावरको टुप्पाबाट अगाडी हेर्दा आँखाले भ्याए सम्मको सम्म जमीन अनी पछाडी फर्किदा नाकै ठोक्कीएला झैँ ठुल्ठुला पहाड । अनी यी दुइ भिन्न प्रकृतीलाई मिलन गराउने धरान साच्चै प्रकृतीको अनुपम कृती हो । झन घोप्पा क्याम संग त एकै नजरमा मायाँ बस्यो। चौडा सडक ; फराकिलो कम्पाऊन्ड र बगैचा सहितको सुन्दर घरहरु ,जताततै हरियाली । लाग्थ्यो मानौ धरान एऊटा र्याम्प हो अनी घोपा क्याम्प त्यहि र्याम्पमा क्याटवाक गर्दै गरेकी सुपरमोडल ।

कार्यक्रमको पहिलो दिन बालआश्रमको कार्यक्रम सक्कीए पनी ठुलो मुसलधारे पानीले गर्दा रोकियौ हामी।
म शौचालय खोज्दै थे ; आउनुस दाई म देखाईदिन्छु भन्दै ८-१० बर्षको एक जना भाई आयो। उसको पछि लाग्दै गए म ।
पल्लो भवनको छतमा २ ओटा शौचालय थीए। एउटामा म छिरे अर्को मा ऊ ।
“कसले पहिला पिसाब फेर्न भ्याउने है ”
उसले भन्दै गर्दा मलाई आफ्नो १० बर्षे स्कुले दिनको याद आयो । हामी पनी सानामा त्यस्तै प्रतिस्पर्धा गर्थ्यौ ।
शौचालयबाट निस्केर अर्को भबन तिर आउदै गर्दा छतमा जमेको पानी देखाउदै –
“दाई यहाँ चिप्लो छ बिस्तारै आउनुस है ।”
“यो रेलिंगमा नसमाउनु है भाच्चिन लाग्या छ ।”
भन्दै गर्दा एकछिन अघी सम्म मेरो बाल्यकाल सम्झाउने त्यो केटो मलाई एक परिपक्क अभिभाबक झैँ लाग्दै थ्यो।

धरानको थुप्रै स्कुल कलेज पुग्दाका थुप्रै सम्झना , साच्चै सम्झनामा लाग्छ रमाइलो भने झैँ रमाइलो लाग्दा छन्। चाहे धरानको एउटा स्कुलमा पढ्ने भाईले धराने लबजमा-
“अन्त्के दाजुको कविता चै बबाल मन पर्यो है”
भनेको क्षण होस् या सारदा बालिका स्कुलमा पढ्ने बहिनीले beat box सुनाको पल होस् वा गर्मीमा पसलको तल आइसक्रिम खादै गर्दा त्यहि घरको माथिल्लो तला बाट एक किशोर हामीलाई देखेर “राइट टु स्पीक” भन्दै कराएको पल; सम्झिदै मनमा अनौठो हलचल महसुश हुन्छ । अझ्झ थाकेर होटेल आइपुग्दा होटेलको कुकुर Alex झुमिन्न आउदा थकान सबै भुलिन्थ्यो। त्यसको घाटीमा सुम्सुम्याउँदै गर्दा त्यसले जति आनन्द महसुश गर्थ्यो ; त्यसको निर्दोष अनुहारमा प्रतित हुने खुसीले दोब्बर आनन्द दिन्थ्यो मलाई ।

महेन्द्र रत्न क्याम्पसमा बर्षा बुनुले कविता भन्दा आखाको डिलसम्म आइसकेको आँशुको थोपो झर्दा झन्डै आशुको बर्षा भएथ्यो । दृष्या बुनूको सुरिलो स्वरमा “पोहोरसाल खुसी फाट्यो” गीत सुन्दा अरुणा लामाको झझल्को आउथ्यो । अनी रोजिना बुनूको सटिक हाउभाउ; सम्बेदना भरिएको स्वरमा कविता सुन्दा जीउनै सिरिङ्ग हुथ्यो , शरिरभर काँडा उम्रिन्थ्यो । करिब एक बर्ष देखी चिने नी मुस्किलले ५०-६० सब्दमात्र बोलेको उज्वला दिदी संग त्यति धेरै कुराकानी होला कुनै दिन भनेर सोचेकै थीएन मैले । आआफ्नो बाल्यकालको कथा ; पाटनको कथा ; परिवारको कथा ; स्कुलका कथा निकै रमाईला थीए । जिन्दगी चपस्टिक नसमातेको अनी कहिल्यै समात्न सक्दिन सोच्ने म युक्ता दिदीले “तलको चपस्टिक फ़ीक्स गर, अनी माथिको चलाऊ निराजन “ भनेर सिकाउदा २-३ प्रयासमै कोरीयन खाना चपस्टिकले समातेर मुखमा हाल्न सक्दा निकै खुसी लागेथ्यो । झन् एकै रुममा बसेका निश्चल दादा र म हरेको बिहान हरेको साँझ गफगाफ गर्थौ । इतिहास देखी भाबिस्यसम्मका कुरा ;बब ड्यालन देखी बब मार्ली ; काठमान्डू देखी कर्णालीसम्मका कुरा हुन्थे। दाई संगको कुरा पछी कतिपय कुराप्रति मेरो सोच्ने आयाम नै बदलिन्थ्यो ;निश्चल दाईको यात्रा अनुभब सम्झिदा अझै पनी भाबुक हुन्छु म ।

मे ६ को दिन बिहानै बिग फूट फुटसलमा हाम्रो टीमसंग लोकल पार्टनर दाईहरुले फुटसल म्याच राख्नु भएको थीयो । कत्ति दिन पछि फुटसल खेल्न अत्ति मज्जा आएको थीयो । उज्वला दिदीको पासमा १ गोल पनी हानियो । दिनहु प्राक्टिस गर्ने उनीहरुसंग हामीले जित्ने कुनै चान्स नै थीएन। तै पनी जित्यौ हामीले, आफु हारेरै नी पाहुनालाई जिताउने धराने संस्कारप्रती नतमस्तक भए म । बिग फुड क्याफेको म:म मात्र हैन त्यहाँका मान्छेको दील पनी साच्चै बिग भएको महसुश हुदैथ्यो । व्यस्तताले गर्दा न त भेडेटार जान पाइयो न त बुढासुब्बा नै धरान छोडेर जानु अघी मन भारी हुदैथ्यो । कता कता मनको एक कुनमा धरानले आफ्नो ठाउँ बनाइ सकेथ्यो । बुढासुब्बामा मागेको भाकल पुरा हुन्छ रे ।धरान छोड्ने बिहानै मन मनै बुढासुब्बालाई सम्झिदै भाकल मागे मैले नी-
“आफु हारेरै भए पनी ; पाहुनालाई जिताउने धराने संस्कार बाचिराखोस ;
यसरी नै खुसी हुदै धरान सधै हासी राखोस् ।“

धरानको यात्रा धेरै खुसी र हासो अनी थोरै आसु मिसीएको ; अली अली पिरो, अमिलो, खट्टा ठ्याक्कै धराने आलु निम्की जस्तै सम्झीदै मुख रसाउने ; आतै भरिने ।

Contact Information

content-img

Contact us for any further information or support

Word warriors

Address: Quixote's Cove, Ekantakuna, Lalitpur

Phone: +977-01-5536974

Email: wordwarriorsnepal@gmail.com

our Partners