देवकोटा चोक

Karan for Blog

काठमाडौँमा जाडोले आफ्नो एउटा ताण्डव देखाउदै थियो । मलाई भने भैरहवाको त्यो न्यानो बतासको अत्यास लागिरहेको थियो । सोचिरहे, कुन बेला पुगिन्छ होला त्यो बुद्धको भुमिमा एक थान कविताको बन्दुक बोकेर जहाँ वर्ड वारियर अर्थात कविता लेख्नेहरू को एउटा जमात युवाहरू  भावनात्मक सम्बन्धमा बधिएका छन्

फेब्रअरीअर्थात् प्रेमको महिना यस महिनाको सुरुवातसँगै प्रेम कविता बोकेर गुडेको बस भैरहवाको बुद्धचोकमा रोकियो । कृति, दीपा, रोनिका अनि म, आफ्ना झोलाहरू  बसबाट झार्दै गर्दा बस वरपर -रिक्साहरू  जम्मा भइसकेका थिए ।कता जाने ? कुन होटेल ?” यी आवाज गुन्जिरहेका थिए । एकछिन झसङ्ग भए, धनगढी पुगे जस्तै लाग्यो , आफ्नै घर पुगे जस्तै लाग्यो । खेतबारीबाट तराईको माटोको यस्तो सुवास मिलेको थियो की हावामा साच्ची कस्तो प्यार भैरहवामा । हामी पूर्वनिर्धारित कार्यक्रम अनुरुप सिधै होटेल प्रस्थान गर्यौँ । एकछिन आराम गरेर हामी भैरहवाको बजारमा पैदल यात्रामा निस्कियौँ । शनिवार भएकाले सायद बजार सुनसान थियो । भैरहवाको फुल्की, पानीपुरीचाटले लोभलाग्दो गरि हामीलाई पर्खिरहेका थिए । जुन पर्खाइको सिमा टुट्दै थियो । सबै भोकथकाईलाई त्यहिँ ठेलामा सक्काएर हामी पुनः होटेल फर्कियौँ । भोलिपल्ट दिउसो शिक्षकहरू सँग भैरहवामा हुन गइरहेको कार्यक्रमको बारेमा सानो अन्तरक्रिया निर्धारित थियो ।

भोलिपल्ट बिहानै उठेर बुद्धको जन्म स्थानमा गए । लुम्बिनी साच्चै शान्त थियो, सुन्दर थियो । मेरा मनका सबै कुराहरू  एकएक गरेर हराउदै थिए । यो पवित्र स्थानमा हर एक जीव शान्त थियो । हर हलचल शान्त थियो । हावा पनि खुब शान्त भएर डुलीरहेको आभास हुदै थियो । समय कसरी बित्यो पत्तै भएन । मलाई शिक्षकहरू सँगको अन्तरक्रिया कार्यक्रमको झल्यास याद आयो । निस्किए फेरि भैरहवाका लागि । अमेरिकन कर्नर भैरहवाको हलमा शिक्षकहरू  आउने क्रम जारी थियो सम्बन्धित सबै निर्धारित समय वरिपरि नै आईपुग्नु भयो । भैरहवामा हुन गइरहेको हाम्रो एक हप्ते लामो कार्यक्रमको बारेमा जानकारी दिन हाम्रो कविता प्रतिको प्रेम साटासाट गर्न सफल भयौ । हाम्रा कविता सुनेपछि शिक्षकहरू  पनि कविता सुनाउन उत्साहित हुनुभयो । यो खुसीको कुरा थियो । मलाई कविता सुन्न खुब मन पर्छ । उत्साहित थिए । म सोचमा हराउन थाले, “भोलि बिहानैबाट नयाँ नयाँ मान्छेहरू सँग भेटघाट हुदैँ , दशवटा विद्यालयका थुप्रै भाइबहिनीहरू सँग कविताको माहोल हुनेछ । अझ बढी नयाँ अनुहारसँगै नयाँ कथाहरू  मेरा मनमा चिहाउनेछन् ।”

पर्सिपल्ट बिहानै / बजे मेरो रूममा एउटा आवाज आयो,करनकरन झसङ्ग उठे । पछि पो होस् आयो, सारस हामीलाई साथ दिन काठमाडौँबाट आउदै थियो । मेरो रूमको वायुमण्डलमा सारस नामको नयाँ हावा मिसियो त्यसपछि भैरहवा अझै सुगन्धित हुनपुग्यो ।

नयाँ भाइबहिनीहरू सँग कविता सुनाउने सुन्नेबेला एउटा कुरा खुब मेरो मनमा खेलिरहेको थियो -प्राय यति सानै उमेरमा कसरी यति समबेद, सचेत हुन्छन् आजकलका केटाकेटी ।” मलाई मुस्लिम विद्यालयमा पहिलोपल्ट जाने अवसर पनि मिल्यो । त्यहाँका भाइबहिनीको प्रतिभा निकै तिख्य रुपमा उजागर हुने कुरामा कुनै दुईमत राख्दिन । अर्को विद्यालयमा आत्महत्या सम्बन्धीको कविताले मलाई झक्झकाई रह्यो । अझ अर्को एउटा विद्यालयमा एउटा नानीले भनेको कुराले मेरो मनमा हलचल ल्यायो । भनिन् की उसलाई कविता खुब मन पर्छ अनि लेख्छे पनि, तर उसको मामुले उसलाई घर बाहिरका कुनै कार्यक्रममा जान नदिने नियम बनाउनु भएको छ । त्योभन्दा धेरै उसले केहि भनिन । मलाई भने धेरै कुरा सोध्नचाहिँ मन लागिरह्यो । समाजका हरेक पक्षसँग घुलेका यी भाइबहिनी निकै प्रतिभावान छन् । एउटा विद्यालयमाचाहिँ हिन्दि भाषामा कविता सुनाउदै गर्दा त्यहाँका हेडसरलेनो हिन्दि इन् माई स्कुलभन्दा मन खिन्न भयो । कुनै एक भाषाप्रति कसरी यस्तो बैमनस्यता उत्पन्न भयो ? हाम्रो समाजको यो कुराले मलाई अझै पनि घोचिरहेको छ ।

मलाई सुनौली नाका पनि जान खुब मन थियो । दिपा बहिनी, सारस म, एक साँझ भारततर्फ हिड्यौँ । खुब व्यस्त हुदो रहेछ साँझपख त्यो ठाउँ । त्यो भिडभाडमा दिपा के के किन्न भनेर हराउथी । अचम्म के भने, भारतको त्यो बजारमा नेपाली नामका पसलहरू  थिए । काठमाडौँ साडी पसल , नेपाली बाजेको भाडा पसल, अरु के के हुन् के के। मैले सायद बर्षौपछि भारतको भुमि टेकेको थिए ।

कविता सुन्दै, सुनाउदै एक हप्ता बित्न लागेको थियो । अन्तिम दिनमा भैरहवाको अमेरिकन कर्नरको हलमा हाम्रो कविताको अन्तिम कार्यक्रम थियो । सो कार्यक्रममा बुटवलबाट समेत कविता सुन्न सुनाउन भनेर आएको देख्दा खुशी लाग्यो । सारस , दिपा, कृति अनि इन्दुका साथै थुप्रै भाइबहिनीहरू को कविता एकैसाथ सुन्दा बहुत मज्जा लाग्यो । कवितासँगै कतिले गीत पनि सुनाए । जबजब नयाँ ठाउँको नयाँ मान्छेहरू सँग घुलमिल हुन्छ तब आफुलाई भाग्यमानी सम्झन्छु ।

भैरहवाको देवकोटा चोक मेरालागि एकदम खुशीको चोक बन्यो आज जसरी त्यहाँ देवकोटा उभिएका छन् , मलाई कुनै अनौठोचाहिँ हुने छैन यदि कुनै दिन भैरहवाको कवि नेपाली साहित्यमा आफ्नो छुट्टै सालिक बनाएर उभिए ।

Contact Information

content-img

Contact us for any further information or support

Word warriors

Address: Quixote's Cove, Ekantakuna, Lalitpur

Phone: +977-01-5536974

Email: wordwarriorsnepal@gmail.com

our Partners