कविताको नसामा माछाको रस

Photo by Kshitiz

पानीमुनि माछा पौडिरहेका हुन कि

पानीमाथि माछा तैरिरहेका हुन

थाहै नपाई माछासँग खेल्थे उनीहरु

खेलौना, बिलौनामा परिवर्तन हुन्छ

जब माछाकै तरकारी बनाउन परेपछी

सुकेका माछा बनाउने तरिका बेग्लै

ग्रेवी माछा बनाउने रेसिपि छुट्टै

आलो माछा तारेपछी

त्यसको स्वादको रहस्य भिन्दै

माछाको रस, कविताको नसा

कि कविताको नसाभित्र माछाको रस हो

कोही काँडा फ्याक्छन् त कोही काँडै  चपाउँछन

कविताको नसामा माछाको रस पिउन जानेपछि

उनीहरु,

कहिले ज्युँदो माछा बनी पौडिए त

कहिले मृत  माछा बनी तैरिए

कहिले मानिस बनी माछा खाए

तर फरक फरक स्वाद मा

 

 

Contact Information

content-img

Contact us for any further information or support

Word warriors

Address: Quixote's Cove, Ekantakuna, Lalitpur

Phone: +977-01-5536974

Email: wordwarriorsnepal@gmail.com

our Partners