आपूर्तिको नाकामा कविताका भाका

15724829_744060949075889_3123904355117736300_o

लेखक: करन ऐरी 

दक्षिणकालिको माटो अनि धुलैधुलोको बाटो , लगभग ६ / ७ घण्टा सुमो यात्रा पछि झमक्क साझ परिसकेको थियो, वीरगंज पुग्दा। गरम विरगन्जलाई शित लहरले चिस्साएको थियो रे । विरगन्जमा सुर्य  नउदाएको पनि साता भएको थियो रे । खै किन हो किन ?  मलाई आशा थियो भोलि विरगन्जमा सुर्य  उदाउने छ , विरगन्ज तात्ने छ  ।

 

नभन्दै घाम झुल्कियो, भोलिपल्ट । विरगन्ज धेरै दिन पछि बाहिर निस्कियो, कुहिरोबाट। व्यस्तताका साथ बजारमा बस , ट्रक , कार , जीप र अझ धेरै रिक्सा, टाँगा चलिरहेका थिए। हरेक चिजको आवतजावत सडक बीचको घण्टाघर नियालीरहेको थियो। न केवल समय देखाईरहेको थ्यो घण्टाघर, समय भोग्दै पनि थ्यो विरगन्ज सँगसँगै । हामि सँगसँगै ।

‘यो हो विरगन्ज, इट्स अ वाइल्ड सिटी’ – मिलन दाइको कम्पोजीसन विरगन्जसँग मिलन हुन्छ। पानका लालची मुखहरूले पुरै सहर रंगाएको झै लाग्छ । केहि उस बेलाका महामानव झैँ  सडक  छेउछाऊका  भित्ताहरुलाई सार्वजनिक शौचालय बनाउन तलिन् थिए।  विरगन्ज नालीमा बग्न नसकेको फोहोर सडकमा नाचिरहेको थियो। आफ्नो गन्ध फैलाऊदै थियो। हामी ‘Word Warriors’ त्यो गन्ध रोक्न त असमर्थ थियौँ  तर ‘Write to Speak’ प्रोजेक्ट मार्फत कविताको सुगन्ध सारा विरगन्जमा फिजाउन प्रतिबद्ध थियौ ।

 

यो मेरो पहिलो अनुभव, निकै महत्वपूर्ण र मज्जाको भयो । युक्ता दिदी, रोचक दादा, मिलन ब्रो, कृति दि, भेन्षा दि, विशाल, लरिसा अनि निष्ठासँग सात दिन कविता   सुन्न अनि सुनाउनुको मज्जा बेग्लै रह्यो।  हामीलाई  विरगन्जको ‘संस्कृति’ का साथिहरुको सहयोगले ठुलो सहजता र साहारा मिल्यो। हरेक दिन हामी दुई-तीन वटा बिद्यालय पुगेर हाम्रा कविता प्रस्तुत गर्दथ्यौँ। र उपस्थित भाइ-बहिनीहरु सँग कविता बारे सामान्य अन्तरक्रिया पनि हुन्थ्यो। प्राय कविता लेख्ने-सुन्नने मनहरुको राम्रो उपस्थिति पनि हुन्थ्यो। कविता लेखनमा इच्छुकहरुलाई फर्म भर्न लाउथ्यौँ। जुन स्कुल पुग्दा पनि फर्म भर्न चाहानेको संख्या धेरै हुन्थ्यो। फर्म नपुगेर फोटोकपि गर्न सल्लाह दिन्थ्यौ । कार्यक्रमको सिलसिलामा हामीले आफ्नो प्रस्तुति ‘समता’ नामक तेस्रोलिंगी सम्बन्धी काम गर्ने संस्था देखि ‘सानो पाइला’ नामक युवा वर्गमा लक्षित संस्था सम्ममा राख्यौ।

 

विरगन्जमा कविता सुन्दा सुनाउदा बाहेक बचेको समयमा डूलिन्थ्यो – पानको सहर , ठुला मकानको सहर। घडीअर्वा तालको किनार, रातो बङ्गला, माईस्थानको मन्दिर, पुराना डर लाग्न्ने महल, रिक्सा सवारी, टाँगा सवारी – यिनै कुरामा दिन बिताउथ्यौँ। अनि साँझ पानिपुरी, पाउभाजी, चाट, रसबरीको स्वाद र मिठासमा जिब्रो मख्ख हुन्थ्यो। अनि राति रोचक दाई र मिलन ब्रोको मिउजीकल पर्फमेन्स। रोचक दाईको ‘बरी लै’ अनि मिलन ब्रोको ‘विरगन्ज’ खुब गुन्जिए। मेरो कानमा । हाम्रो कोठामा । होटलमा । विरगन्जमा ।

15672633_740418249440159_8446732924373716253_n

अझ धेरै गुन्जिए कविताहरु । Birgunj Commerce College ( BCC ) मा  Word Warriors को अन्तिम प्रस्तुती पछि हाम्रो साथमा त्यहाँ उपस्थितले आफ्नो कविता प्रस्तुत गरे। यस्तो लाग्दै थियो, कविताको मन्चमा विरगन्ज चडी सकेछ । बीरगंजको नाली नालीमा कविताको कमल फुलेको थियो। कक्षा ५ को सानो भाइ देखि शिक्षिका सम्मले आफ्नो कविता सुनाए। यस्तै हुन्छ सायद जिन्दगीको खेलमा। आउदा बिरानो विरगन्ज, आत्मिय लाग्यो जाने बेलामा । सानो भाइले भन्दै थियो  ‘Write to Speak’ ले कविता लेख्न मात्र नभई, वाचन गर्न अझ प्रेरित गर्यो । एउटा कुरा मेरो मनमा लागि रह्यो। विरगन्ज अर्थात देशको हर आवश्यकता परिपूर्ति हुने नाका । साच्चै मिठो गुन्जीएथ्यो यो आपूर्तिको नाकामा कविताको भाका ।

Contact Information

content-img

Contact us for any further information or support

Word warriors

Address: Quixote's Cove, Ekantakuna, Lalitpur

Phone: +977-01-5536974

Email: wordwarriorsnepal@gmail.com

our Partners